एआई हेल्थ ह्याकथन हुँदै

0

काठमाडौं- नेपालको स्वास्थ्य सेवा र अत्याधुनिक प्रविधि पहिलोपटक एउटै मञ्चमा एकीकृत हुँदैछन्। महाराजगन्ज मेडिकल क्याम्पसमा हेल्थ नेक्सस नेपालले ‘नेपालको स्वास्थ्य क्षेत्रमा कृत्रिम बुद्धिमत्ता’ विषयक राष्ट्रियस्तरीय एआई हेल्थ ह्याकथनको आयोजना गर्ने भएको हो।
यस कार्यक्रमले नवप्रवर्तकहरू, प्रविधि विशेषज्ञहरू, चिकित्सक विद्यार्थीहरू र चिकित्सकहरूलाई एउटै मञ्चमा ल्याई, नेपालकै स्वास्थ्य प्रणालीलाई रूपान्तरण गर्ने एआई आधारित समाधानहरू विकास गर्न प्रेरित गर्नेछ।
‘हाम्रो जस्तो विकासोन्मुख देश, जहाँ अझै लाखौँ नागरिक आधारभूत स्वास्थ्य सुविधाबाट वञ्चित छन्, त्यहाँ AI ले स्वास्थ्य सेवा सुधार्ने अद्वितीय अवसर प्रदान गर्ने सम्भावना बोकेको छ,’ हेल्थ नेक्सद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
ह्याकथनमा एआई-चालित च्याटबोट र भर्चुअल सहायकमार्फत देशका दुर्गम बस्तीसम्म स्वास्थ्य सल्लाह, डेटा विश्लेषणद्वारा महामारी जस्ता संकट आउनु अघि नै जोखिमको पहिचान गर्नेका साथै सुरक्षित डिजिटल स्वास्थ्य अभिलेख मार्फत छिटो र व्यक्तिगत उपचारको सुविधा जस्ता विभिन्न विषयहरूमा छलफल गरिने जनाइएको छ।
ह्याकथनलाई केवल प्रतिस्पर्धा मात्र गर्ने गर्ने अवसर नभई यो जीवन, स्वास्थ्य पहुँच सुधार्ने र नयाँ पुस्तालाई आफ्नो सिर्जनशीलता समाजको हितमा प्रयोग गर्न प्रेरित गर्ने अवसरको रूपमा लिइएको विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्ति अनुसार प्रतियोगितामा पहिलो हुने टोलीलाई १५ हजार रुपैयाँ, दोस्रो हुने टोलीलाई १० हजार रुपैयाँ र तेस्रो हुने टोलीलाई ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।

You might also like

Leave A Reply

Your email address will not be published.