कलकत्ता बन्दरगाहमा रोकियो ६० हजार टन युरिया मल
काठमाडौँ । कृषिमन्त्री रामनाथ अधिकारीले हाल लोड भइसकेका तीन वटा जहाज भारतको कलकत्ता बन्दरगाहमा होल्ड अवस्थामा रहेको बताएका छन्। जसका कारण खरिद गरिएको ६० हजार टन युरिया मल नेपाल भित्रिन नसकेको उनले जानकारी दिए।उनका अनुसार पोर्टमा देखिएको जाम हटाउन पहल भइरहेको छ भने कलकत्तास्थित बन्दरगाहबाट सहजीकरणका लागि समेत अनुरोध गरिएको छ। उनले किसानले माग गरेअनुसार आवश्यक मात्रामा मल पुर्याउन नसकिएको तथ्य स्वीकार गर्दै ढिलासुस्तीका कारण समस्या बढेको बताए।अधिकारीले बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै यस्तो जानकारी दिएका हुन्।