टेबलटेनिसको स्ट्याग ग्लोबल च्याम्पियन्स लिग भदौमा

0

काठमाडौंः नेपाली टेबलटेनिसकै सर्वाधिक पुरस्कार राशीको घरेलु प्रतिस्पर्धाको रूपमा रहेको स्ट्याग ग्लोबल च्याम्पियन्स लिगको सिजन ३ आगामी भदौको पहिलो साता हुने भएको छ।

विदेशी खेलाडीलाई अनुबन्ध गरी नेपाली क्लबहरूले स्ट्याग ग्लोबल च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्दै आएका छन्।

अखिल नेपाल टेबलटेनिस संघको तत्वावधन र स्ट्याग च्याम्पियन्स टेबल टेनिस एकेडेमीको आयोजनामा चार राष्ट्रका विदेशी खेलाडी सहभागी हुने च्याम्पियन्स लिगको तेस्रो सिजन हुन लागेको हो।

स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमीको आयोजनामा २०८० सालदेखि यो प्रतियोगिता निरन्तर हुँदै आएको छ। एकेडेमी नवौंपल्ट नेपाल च्याम्पियन नविता श्रेष्ठले सञ्चालन गर्दै आएकी छन् । सोही एकेडेमीले नेपाली टेबलटेनिसमा उत्कृष्ट घरेलु प्रतियोगिताको रूपमा च्याम्पियन्स लिग गर्दै आएको छ।

प्रतियोगिता आगामी भदौ १ देखि ६ गतेसम्म लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुनेछ। बुधबार पत्रकार सम्मेलन आयोजना गर्दै स्ट्याग च्याम्पियन एकेडेमीले प्रतियोगिताबारे जानकारी दिएको हो।

यसपल्ट याला टेबलटेनिस, होप्स टेबलटेनिस एकेडेमी, एभिएम टेबलटेनिस क्लब, द ड्रागन क्लब, कीर्तिपुर नगरपालिका, भोर्टेक्स नेपाल, ओल्र्ड हाउस रेस्ट्रो, टप स्पिन टेबलटेनिस गुड्स नेपाल, खोल्छा पुखु खेलकुद समिति गरी कुल १० क्लबहरूले उपाधिका लागि चुनौती प्रस्तुत गर्नेछन् । पछिल्ला संस्करणमा आठ टोलीले प्रतिस्पर्धा गरे पनि यसपल्ट टोलीको सहभागिता बढाइएको छ। एकेडेमीकी प्रबन्ध निर्देश नविता श्रेष्ठले डिजिटल लाइटका साथै खेलस्थलाई आकर्षक बनाउँदै प्रतियोगिता आयोजना गर्ने बताइन् ।

टेबलटेनिसको शक्ति राष्ट्र चीनका साथै भारत, पाकिस्तान र चाइनिज ताइपेइका खेलाडीले विभिन्न क्लबमा आबद्ध रहेर प्रतिस्पर्धा गर्नेछन् । हरेक टोलीमा एक महिला र पुरुष विदेशी खेलाडी रहनेछन्।

पछिल्ला संस्करणको तुलना पुरस्कार राशि पनि बढाएर चार लाखबाट ६ लाख रुपैयाँ पु¥याइएको एकेडेमीकी निर्देशक नविताले जानकारी दिइन् । लिगको विजेताले तीन लाखसहित रनिङ ट्रफी, उपविजेताले एक लाख ५० हजार र तेस्रो हुने दुई टोलीले समान ७५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।
बुधबार नै पत्रकार सम्मेलनमार्पmत आयोजक च्याम्पियन्स एकेडेमीले तीन सहप्रायोजक सामाजसेवी एवं टेबलटेनिस संघका उपाध्यक्ष सुमन खड्गी, मेटल सेपर्स, मेटलवुड नेपाल, डेल्टा अटोकोर्प, सेल्ट्रोन नेपाल प्रा.लि. र कल मोबिलिटी प्रा.लि.सँग सम्झौता गरिएको थियो । पहिलो संस्करणको उपाधि एभिएम र दोस्रो संस्करणमा नेपाल पुलिस क्लब च्याम्पियन हुन् । यसपल्ट भने प्रहरी सहभागी छैन ।

You might also like

Leave A Reply

Your email address will not be published.