महिला भलिबल लिग

काठमाडौंले भित्र्यायो दोस्रो विदेशी खेलाडी

0

एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) का लागि काठमाडौं स्पाइकर्सले काजखस्तानकी खेलाडी अलेना कोलोतीजिनालाई अनुबन्ध गरेको छ।

काठमाडौं स्पाइकर्सले दोस्रो विदेशी खेलाडीको रुपमा अलेनाको नाम घोषणा गरेको हो ।

काठमाडौं स्पाइकर्सले यसअघि बुल्गेरियन सेटर नेकोभा निकोलाएभालाई अनुबन्ध गरिसकेको छ ।

२९ वर्षीय अलेनाले अपोजिट हिटर हुन्। अलेनाले काजखस्तानको भिसी कौन्यास र अरु अस्तानाबाट खेलिसकेकी छन्। उनले एभिसी महिला च्याम्पियन्स लिग समेत खेलिसकेकी छन् ।

एभरेष्ट महिला भलिबल लिगका लागि तीन विदेशी खेलाडी अनुबन्ध गर्न प्रावधान छ। तेस्रो तथा अन्तिम विदेशी खेलाडी पनि छिटै घोषणा गर्ने काठमाडौंको भनाइ छ।
पहिलो संस्करणको लिगमा तेस्रो भएको काठमाडौं स्पाइकर्सले दोस्रो सिजन अझ बलियो भएर आउने र कोर्टमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य राखेको छ। दोस्रो संस्करणका लागि काठमाडौंले लोक बहादुर बुढालाई मुख्य प्रशिक्षक नियुक्त गरेको छर

नेपाली राष्ट्रिय महिला भलिबल टिमकी मुख्य स्पाइकर उषा भण्डारी मार्की प्लेअर रहेको काठमाडौं स्पाइकर्समा मनिषा चौधरी, यमुना रसाइँली, रिमा कुँवर, बाल्मिका आचार्य, कमला पुन, आशिका क्षेत्री, भुवनेश्वरी चन्द छन् ।

लिगको दोस्रो सिजन आगामी भदौ २० देखि २८ गतेसम्म पोखरामा हुनेछ।

You might also like

Leave A Reply

Your email address will not be published.