यातायात व्यवस्था कार्यालय नेपालगंजले नयाँ भवनबाट सेवा सुरु गर्ने

असोज २६ गते देखि कारकाँदोमा रहेको साविकको सीप विकास तालिम केन्द्रको भवनबाट सेवा सुचारु हुने ।

0

नेपालगंज, बाँके- लुम्बिनी प्रदेश सरकार उद्योग, पर्यटन तथा यातायात मन्त्रालयको मातहतमा रहेको नेपालगंज यातायात व्यवस्था कार्यालयले अस्थायी रूपमा सेवा बन्द गरी नयाँ कार्यालय भवनबाट सेवा सुचारु गर्ने तयारी गरेको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सामाजिक विकास मन्त्रालयसँग समन्वय गरी नेपालगंज उपमहानगरपालिका वडा नम्बर १८ कारकाँदोमा रहेको साविकको सीप विकास तालिम केन्द्रको भवन प्रयोग गरी नयाँ भवनबाट सेवा सुचारु गर्ने निर्णय भएको छ। हाल यो कार्यालय वडा नम्बर ९ मा रहेको बाँके गाउँमा रहेको छ ।
कार्यालयले जारी गरेको सूचना अनुसार, सेवा स्थानान्तरण कार्यका कारण २०८२ असोज २३ र २४ गते दुई दिन कार्यालयका सेवा प्रवाह बन्द रहनेछ। सो अवधिपछि, असोज २६ गतेदेखि नयाँ भवनबाट सबै प्रकारका सेवा सञ्चालन हुने जनाइएको छ।
नेपालगंज कार्यालयले हाल प्रदान गर्दै आएको सेवामा सवारी दर्ता र नवीकरण, सवारी इजाजतसम्बन्धी सेवा, सवारी जाँचपास, र अस्थायी बाटो इजाजत (पारमिट) सेवा समावेश छन्।
कार्यालय प्रमुखको हस्ताक्षर सहित जारी सूचनामा सेवा स्थानान्तरणका कारण असुविधा पुगेमा क्षमायाचना गर्दै नागरिकलाई आवश्यक सहयोगका लागि अनुरोध गरिएको छ।

You might also like

Leave A Reply

Your email address will not be published.